बाजुराबाट हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
बाजुरा । बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बड्वालको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले अन्यन्त्रै रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए।
अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment