भिल्लारियलसँग बार्सिलोना लज्जास्पद हार
काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना भिल्लारियलसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा भिल्लारियलले बार्सिलोनालाई ५-३ गोल अन्तरले पराजित गरेको हो।
भिल्लारियलको जितमा जेरार्ड मोरेनो, लिआस अखोमाच, गोन्कालो गुएडेस, अलेक्जेन्डर सोरलोथ र जोस लुइस मोरालेसले एक एक गोल गरेका थिए।
त्यसैगरी बार्सिलोनाका लागि इके गुनडोगान र पेड्रीले एक एक गोल गरेका थिए भने एक गोल भिल्लारियलका एरिक बेलीले आत्मघाती गोल गरेका थिए।
यो जितपछि भिल्लारियलको २२ खेलमा २३ अंक भएको छ र अंकतालिकामा १४औं स्थानमा रहेको छ।
त्यस्तै बार्सिलोनाको भने यो यस सिजनको पाँचौं हार हो। २१ खेलमा बार्सिलोनाको ४४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा १० अंकले पछाडि रहेको छ।
यो हारपछि बार्सिलोनाका प्रशिक्षक जाभीले यस सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment