प्रधानमन्त्री कप : आर्मीले कर्णालीलाई १६४ रनले हरायो
काठमाडौं। जारी प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ।
टियु मैदानमा आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९ ओभरमा अलआउट हुदै ११५ रन मात्र बनाएपछि खेल १६४ रनले हारेको हो।
यसअघि आर्मीले पहिला ब्याटिंग गर्दै कप्तान विनोद भण्डारीको शतक र बसिर अहमदको ९८ रनको मद्धतले ५० ओभरमा ५ विकेट गुमाउदै २७९ रन बनाएको थियो।
यो जितपछि आर्मी अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। आर्मीको ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर तेस्रो स्थानमा उक्लिएको हो।
त्यसैगरी कर्णालीले भने पाँचौं हार बेहोरेको छ । कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment