दक्षिण अफ्रिका र माली अफ्रिकन कपको क्वाटरफाइनलमा
काठमाडौं। दक्षिण अफ्रिकाले मोरक्कोलाई पराजित गर्दै अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
गएराति सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।
दक्षिण अफ्रिकाको जितमा एभिडेन्स माकगोपा र टेबोहो मोकेएनाले एक एक गोल गरेका थिए।
त्यस्तै यस खेलमा खेलको ९४औं मिनेटमा मोरक्कोका सोफयान अमराबतले रातो कार्ड पाएका थिए। यस खेलमा खेलको ८५औं मिनेटमा मोरक्कोले पाएको पेनाल्टी अचर्फ हाकिमीले बारमा हानेपछि मोरक्कोले खेल बराबरी गर्ने अवसर गुमाएको थियो।
त्यस्तै गएराती नै सम्पन्न खेलमा मालीले ब्रुकिना फासोलाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ। अब क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले केप भर्डेको सामना गर्ने छ भने मालीले आइभरी कोष्टको सामना गर्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment