नेपाल–भारत सम्बन्धबारे छलफल

डिसी नेपाल
१७ माघ २०८० २२:२९
24
Shares

काठमाडौं । भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज भारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ ।

नयाँदिल्लीमा भएको उक्त भेटमा दुवै पक्षले ऐतिहासिक एवं बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा दुवै देशका जनताबीचको सम्पर्कलाई घनीभूत बनाउनेबारे छलफल गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

आजै नेपाली प्रतिनिधिमण्डलले लोकसभाका अध्यक्ष ओमवीर लकोटासँग भेटवार्ता गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *