ससुराका कारण बेलायती प्रधानमन्त्री ऋषि सुनक समस्यामा

डिसी नेपाल
२४ माघ २०८० १५:००

काठमाडौं । भारतीय कम्पनी इन्फोसिसलाई लिएर बेलायतमा ठूलो विवाद भएको छ । विपक्षी लेबर पार्टीले इन्फोसिसका सहसंस्थापक नारायण मूर्ति प्रधानमन्त्री ऋषि सुनकका ससुरा भएको र सुनककी श्रीमतीको पनि इन्फोसिसमा सेयर रहेको भन्दै कम्पनीलाई बेलायतमा प्रभावकारी रूपमा ‘भीआईपी एक्सेस’ दिएको आरोप लगाएको छ ।

मिडिया रिपोर्टका आधारमा विपक्षी दलले बेलायती प्रधानमन्त्रीमाथि यस्तो आरोप लगाएको हो । बेलायती साप्ताहिक पत्रिका ‘सन्डे मिरर’ ले फ्रिडम अफ इन्फर्मेसनको अनुरोध खण्डमा प्रकाशित आफ्नो रिपोर्टमा व्यापारमन्त्री लर्ड डोमिनिक जोन्सन गत वर्षको अप्रिल महिनामा बेंगलुरु गएको जहाँ उनले इन्फोसिसको कार्यालयमा गएर भेटघाट गरेको लेखेको छ । भेटमा डोमिनिकले बेलायतमा इन्फोसिसको सञ्चालन विस्तारको बारेमा कुरा गरेका थिए ।

इन्फोसिसको कार्यालयमा भएको बैठकमा लर्ड जोन्सनले बेलायतमा इन्फोसिसको विस्तार भएको हेर्न चाहेको कथित रूपमा स्पष्ट पारेका थिए । उनले बेलायतमा इन्फोसिसको विस्तारमा आफूले हरसम्भव सहयोग गर्ने र त्यसो गर्न पाउँदा खुसी हुने बताएका थिए ।

बेलायती अखबारसँग कुरा गर्दै विपक्षी नेता जोनाथन अश्वर्थले भने ‘बेलायती जनता आश्चर्यचकित हुनेछन् कि ऋषि सुनकको यति नजिकको कम्पनीलाई यो वीआईपी पहुँच किन दिइयो। यो निकै गम्भीर प्रश्न हो ।’

ऋषि सुनककी पत्नी अक्षता मूर्तिको इन्फोसिसमा ०.१९ प्रतिशत सेयर छ जसको मूल्य करिब ५० करोड रुपैयाँ छ । गत आर्थिक वर्षमा अक्षता मूर्तिले आफ्नो सेयरबाट लाखौंको लाभांश पाएकी थिइन् ।

बेलायती अखबारले भनेअनुसार व्यापार मन्त्री लर्ड डोमिनिक जोनसनलाई बैठकको लागि ‘स्टीयरिंग ब्रीफ’ दिइएको थियो जसमा उनले ‘उनीहरूलाई (इन्फोसिस) बेलायतको अर्थतन्त्रको सम्भावनाको बारेमा आश्वस्त पारे ।

लर्ड जोन्सनले इन्फोसिस अधिकारीहरूलाई बेलायतको उच्च सम्भावित व्यक्तिगत भिसा योजनाको बारेमा बताए र यसबाट इन्फोसिस जस्ता बहुराष्ट्रिय कम्पनीलाई धेरै फाइदा हुने बताएका थिए।

यी आरोपहरूको जवाफ दिँदै, एक डीबीटी प्रवक्ताले भने, ‘लगानी मन्त्रीले बेलायतलाई लगानीको च्याम्पियन बनाउन र अरबौं पाउन्डको लगानी आकर्षित गर्नका लागि धेरै भारतीय व्यवसायहरू लगायतका व्यवसायहरू र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग नियमित भेट्छन्। यस्ता बैठकहरूले बेलायतमा लगानीलाई प्रोत्साहन गर्छ, हजारौं उच्च गुणस्तरको रोजगारी सिर्जना गर्दछ र बेलायतको अर्थतन्त्रलाई बढावा दिन्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *