माओवादी केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ। बिधान अधिवेशन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भएपछि केन्द्रीय समिति बैठक बोलाइएको हो।
माओवादीको बिधान अधिवेसन यही फागुन १-३ गते काठमाडौंमा हुँदैछ। सो सम्मेलनमा प्रस्तुत हुने बिधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रवार र शनिबार २ दिन स्थायी समिति बैठक बसेको थियो।
सो बैठकमा केन्द्रीय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिइएको छ।
आजको केन्द्रीय समिति बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment