पोर्चुगल निवासी ९ बर्षीया खुसी खनालद्वारा ८ पुस्तक प्रकाशित

डिसी नेपाल
१० फागुन २०८० १०:३३

लिस्वन। पोर्चुगल निवासी ९ बर्षीया ३ कक्षामा अध्ययनरत खुशी खनाललाई कुनै बिषय दिनासाथ उन्ले सो बिषयमा कविता लेख्न सक्छिन र आफूलाई Guinness World Records मा समाबेश गर्न चाहन्छिन्। The Poems of small Khushi को अंग्रेजीमा २ र पोर्तुगिजमा ६ गरी जम्मा ८ भाग आइसकेको छ भने साप्ताहिक रुपमा उन्को कविता Sahityapost English मा आउने गर्छ।

पोर्तुगिजमा खुशीले १० पुस्तक लेखिसकेकी छिन र एघारौं लेख्दैछिन भने अंग्रेजीमा तेश्रो पुस्तक लेख्दैछिन्। यसरी उन्का ४ पुस्तक प्रकाशोन्मुख अवस्थामा छ।

खुशीले पहिलो कविता गत बर्षको अप्रिलको १३ तारिख लेखेकी हुन्। फरवरी १५ सम्ममा उन्ले पोर्तुगिजमा ६०० भन्दा बढी र अग्रेजीमा सरदर २०० शब्दका २६० कविता लेखिसकेकी छिन्।

“THE POEMS OF SMALL KHUSI” नामक अग्रेजी र पोर्चुगिस भाषाका उनका आठ कविता संग्रह पोर्चुगलको एक प्रकाशकले प्रकाशित गरिसकेको छ। अन्य केही पुस्तक प्रकाशनका लागि पर्याप्त सामग्री तयार भैसकेका छन् र उनका पुस्तकहरु  www.khusikhanal.com मा उपलब्ध छन र त्यहीँबाट डाउनलोड गर्न पनि सकिन्छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले खुशीलाई उत्प्रेरित र अभिप्रेरित गर्ने अभिप्रायले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफूलाई दिइने जुनसुकै शिर्षकमा पनि एक दिनमा एकसय वटा पोर्चुगिस र पचास वटा अग्रेजी भाषामा कविता लेख्न सक्ने खुशीले बताइन्।

भक्तिप्रसाद खनाल र आमा टीका ढकाल खनालकी छोरी खुशी अहिले आफ्नो बुबाआमाका साथ पोर्चुगलको राजधानी लिस्बनमा बस्छिन् र त्यहीँको स्थानिय स्कूलमा ३ कक्षामा पढ्दै छिन्।

अप्रिलको १३ तारिखका दिन खुशीले पहिलो कविता लेखेका कारण आगामी अप्रिल १३ तारिखका दिन उनी आफ्नो कविताको पहिलो जन्मोत्सब मनाउन चाहन्छिन्। र, यो कार्यक्रममा जुम मार्फत विस्वभरीबाट सहभागी हुन सकिने ब्यबस्था मिलाइनेछ । सो कार्यक्रममा केही समय बिभिन्न ब्यक्तिद्धारा दिइने बिषयमा खुशीले कविता लेख्ने कार्यक्रम पनि राखिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *