दुई संसदीय समितिको बैठक आज बस्दै

डिसी नेपाल
२९ फागुन २०८० ९:१२
24
Shares

काठमाडौँ । दुई वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ। पहिलो बैठक उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने भएको हो ।

उक्त बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल बताइएको छ।

यस्तै मध्यान्ह १२ बजे बस्ने महिला तथा सामाजिक समितिको बैठकमा बालसुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयहरूले गरिरहेका काम कारबाहीका बारेमा छलफल हुने भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *