राप्रपाले तीन जना नेतालाई गर्यो निलम्बन

डिसी नेपाल
२९ फागुन २०८० ९:२०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेहरूमा महाधिवेशन प्रतिनिधिद्वय पूर्व केन्द्रीय सदस्यहरू सिन्धुपाल्चोकका भीमसेन खनाल र दाङका हंसराज केसी तथा बर्दियाको ठाकुरबाबा नपाका पूर्व अध्यक्ष गोरख बहादुर बम रहेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै आएका कारण उनीहरूलाई निलम्बन गरिएको बताइएको छ।

उनीहरूलाई पार्टी सदस्यबाट निलम्बन गर्न अनुशासन समितिको सिफारिसलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *