राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक निभाउनेछु: नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष

डिसी नेपाल
२९ फागुन २०८० १४:३३
60
Shares

काठमाडौं। नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताएका छन्।

मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले कानून निर्माण लगाएतका बिषयमा राष्ट्रियसभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयन्त गर्ने समेत बताए। उनले चूनौतिलाई अवसरको रुपमा लिएर काम गर्ने धारणा राखे। राष्ट्रियसभाले गर्ने सवै भूमिकालाई प्रभावकारी बनाउन सवै दलहरुलाई एकतावद्ध भएर लैजाने उनले बताए।

उनाले आफुलाई निर्वाचित गर्ने सवै सदस्यहरुप्रति आभार व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *