आज मध्यरातपछि लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य हुँदै
तुलसीपुर। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ। चालु अधिवेशन तीन दिनमात्रै चलेको थियो।
प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment