सीआईबीले बुझ्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

डिसी नेपाल
४ चैत २०८० १४:५३
60
Shares

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्व आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो। यसअघि आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। आफूले बुझेको उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेले प्रतिवेदनको सिफारिसको आधारमा दोषीमाथि कारबाही र कानुनी दायरामा ल्याउने बताएका बेला सीआईबीले प्रतिवेदन बुझेको हो।

आइतबार गृह मन्त्रालयमा सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले प्रतिवेदन बुझेका हुन्। पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *