माओवादी पदाधिकारी बैठक बस्दै, महरा पक्राउका विषयमा छलफल हुने

डिसी नेपाल
६ चैत २०८० ६:३३
160
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। बैठक बिहान ८ बजेदेखि सुरू हुनेछ।

बैठकमा समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने तथा पदाधिकारीदेखि केन्द्रीय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ।

महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ। महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ। महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *