दीपशीखालाई सूर्यकिरणको प्रतिप्रश्न- आयस्रोत बिना वैभवशाली राजसी ठाँटमा कसरी पुगे?

डिसी नेपाल
६ चैत २०८० ११:१९

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पार्टीमा सन्नाटा छाएको छ। आज माओवादीले यही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ।

माओवादीका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशीखा’ले सुन तस्करीमा संलग्नताको आरोपमा पूर्वसभामुख समेत रहेका पार्टी उपाध्यक्ष महरा पक्राउ पछि नेताहरुलाई आफ्नै क्रियाकलापले पोल्दैन भन्दै प्रश्न उठाएका छन्।

उनले पार्टीका नेताको पक्राउमा दुखी हुन पनि नसकिएको र खुसी हुन पनि नमिल्ने गरी बिलखबन्दमा परेको आशयप्रेरित स्टाटस फेसबुकमा लेखका थिए। उनले दुखी हुन ती नेताहरु लायक नरहे पनि खुशी हुँदा आफूमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।

नेता दीपशीखाले लेखेका छन्, ‘न हिजोका हाम्रा आदर्शहरू ढले भनेर दुख मनाउ गर्न पाईने न शक्तिको आडमा वेथितिको धन्दा चलाईरहेकाहरू ढले भनेर खुश हुन पाउने ! दुखि हुन ति पक्कै लायक रहेनन्, खुशि होऔं – देख्नेले हाम्रा अनुहारमा तिनको दाग देख्छ – ओ नेता कमरेड हजुरलाई भत्तभति पोल्दैन ?’

उनको स्टाटसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका पूर्वस्वकिय सहसचिव रहिसकेका नारायणप्रसाद ढुंगाना ‘सूर्यकिरण’ले आयस्रोत बिना वैभवशाली जीवन कसरी भयो भन्दै प्रतिप्रश्न गरेका छन्। उनले राजशी ठाँटमा कसरी पुगे पत्ता लगाउन दीपशीखालाई चुनौती पनि दिएका छन्।

उनले दीपशीखालाई प्रतिप्रश्न गर्दै लेखेका छन्,‘अरु पत्तो नपाएर हो हजुर। श्रम नगरी आयस्रोत बिना यस्तरी बैभवशाली राजशी ठाँटमा कसरी पुगे? पत्ता लगाउँ त!’

प्रचण्ड प्रधानमन्त्री हुनु अगावै उनको सचिवालयमा रहेका सूर्यकिरण प्रधानमन्त्री भएपछि प्रेस संयोजकका रुपमा स्वकिय सहसचिव पदमा कार्यरत रहेका थिए। गत माघ १ गतेदेखि प्रधानमन्त्री प्रचण्डले स्वकिय सचिवालयमा रहेका उनीलगायत अन्य  ८ जना कटौती गरेपछि उनी अहिले अमेरिकामा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *