म्याच फिक्सिङको आरोप लागेका आदिलसहित पाँच जनालाई सफाइ
काठमाडौं। जिल्ला अदालत काठमाडौंले म्याच फिक्सिङ (खेल मिलोमतो) को आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिने आदेश गरेको छ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच जनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिने आदेश गरेको हो। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो।
गत वर्ष काठमाडौंमा भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडी गतवर्ष नै रू तीन लाख धरौटीमा छुटेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment