न्युयोर्कमा भूकम्पः राष्ट्र संघीय सुरक्षा परिषद बैठक रोकियो

डिसी नेपाल
२४ चैत २०८० ७:०१
96
Shares

न्युयोर्क। पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ। अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ।

न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि सामाजिक सञ्जालमा सर्वसाधारणले भूकम्पबारे आ-आफ्ना प्रतिक्रिया दिएका छन् । तर, अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार शुक्रबार न्यूयोर्क सहरमा ४.८ म्याग्निच्युडको सानो भूकम्प गएको थियो र यसको केन्द्रविन्दु छिमेकी राज्य न्युजर्सी थियो। ब्रुकलिनमा भवनहरू हल्लिएको बताए।

भूकम्पपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गाजासम्बन्धी सुरक्षा परिषद्को बैठक अस्थायी रूपमा रोकिएको थियो। त्यसबेला बोल्दै आएका सेभ द चिल्ड्रेनका प्रतिनिधि जान्टी सोरिप्टोले सोधे, ‘के यो भूकम्प हो?’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फिलाडेल्फियादेखि न्यूयोर्कसम्म र पूर्व लङ आइल्याण्डसम्म भूकम्पको धक्का महसुस गरेको रिपोर्ट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *