माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर अस्ट्रेलियामा २ नेपाली युवाको मृत्यु

डिसी नेपाल
१५ जेठ २०८१ ११:१७

काठमाडौं । अस्ट्रेलियामा माछा मार्न गएका २ नेपाली युवाको दुर्घटनामा मृत्यु भएको छ । न्यू साउथ वेल्सको सिड्नी सहरबाट दक्षिणतर्फ रहेको माछा मार्ने स्पटमा माछा मार्न गएका उनीहरु ढुङगाबाट लडेपछि मृत्यु भएको हो ।

अस्ट्रेलियाको मिडिया सेभेन न्यूजका अनुसार दक्षिणी सिड्नीको कर्नेलमा रहेको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका उनीहरु लडेको खबर पाएपछि आकस्मिक सेवा तत्काल पुगेको थियो ।

मरिन रेस्क्यु, लाइफगार्ड, प्रहरी र पारामेडिक्ससहितको टोलीले तत्काल उनीहरुलाई माथि ल्याएर सीपीआर दिएको भए पनि उनीहरुलाई बचाउन नसकिएको समाचारमा जनाइएको छ ।

मृतकहरु दुवै नेपाली नागरिक भएको र उनीहरुको उमेर २२ र २५ वर्ष रहेको बताइएको छ । तर, उनीहरुको थप परिचय खुलाइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *