१३ वर्ष भारतमा संवाददाता रहँदा श्रम स्वीकृति नदिएपछि देश छाडेको फ्रान्सका पत्रकारको आरोप

डिसी नेपाल
७ असार २०८१ १२:५७
20
Shares

काठमाडौं । एक फ्रान्सेली पत्रकारले १३ वर्ष भारतमा संवाददाता रहेर पनि श्रम स्वीकृति नपाएका कारण भारत छाड्नुपरेको दाबी गरेका छन् ।

फ्रान्सेली पत्रकार सेबास्टियन फ्रान्सिसले भारत सरकारको यो निर्णयलाई ‘सेन्सरशिप’ र समझभन्दा बाहिर रहेको बताएका छन्।

सेबास्टियन फ्रान्सिस रेडियो फ्रान्स इन्टरनेशनलका दक्षिण एसिया संवाददाता थिए। यस बाहेक अरू धेरै फ्रान्सेली भाषी मिडिया संस्थाहरूको लागि काम गरे। उनले जुन १७ मा भारत छोड्न बाध्य भएको बताए ।

सेबास्टियनको आरोपमा भारत सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

यस वर्षको फेब्रुअरीमा करिब दुई दशकसम्म भारतमा काम गरिरहेकी फ्रान्सेली पत्रकार भेनेसा डोग्नेकले पनि भारत छोड्नुपरेको थियो।

डोग्नेकका अनुसार भारतीय अधिकारीहरूले उनको कामलाई द्वेषपूर्ण भनेका छन्। भेनेसाले आलोचनात्मक रिपोर्टिङ गरेको आरोप लगाइएको थियो ।

यसैबीच, आम निर्वाचनका बेला अष्ट्रेलियाकी पत्रकार अवनी डायसले पनि भारत सरकारले आफूलाई श्रम स्वीकृति नदिएको आरोप लगाउँदै भारत छोडेकी थिइन् ।

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको लोकतान्त्रिक देश भारतमा मिडियाको स्वतन्त्रतामाथि लगातार आक्रमण भइरहेको आलोचकहरूले बताएका छन्।

संवेदनशील विषयमा रिपोर्टिङ गर्ने पत्रकारले सरकारी सेन्सरशिपको सामना गर्नुपर्ने हुन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *