युक्रेनको मिसाइल आक्रमणमा धेरैको ज्यान गएपछि रुसले भन्यो– बदला लिनेछौं

डिसी नेपाल
१० असार २०८१ १५:०३
128
Shares

काठमाडौं । रुसको कब्जामा रहेको क्रिमियामा युक्रेनको आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै १२० जना घाइते भएपछि रुसले बदला लिने बताएको छ ।

क्रिमियामा रुसले स्थापना गरेको स्थानीय प्रशासनले मृतकमध्ये तीन बालबालिका पनि रहेको जनाएको छ ।

अधिकारीहरूका अनुसार अमेरिकी निर्मित लामो दुरीका एटीएसीएमएस मिसाइलका टुक्राहरू सेभास्टोपोल बन्दरगाहको उत्तरी तटमा खसेकाले हताहत भएको छ।

रुसी टिभीमा प्रसारित रिपोर्टहरूमा मानिसहरू समुद्र तटमा दौडिरहेको देखिन्छ। कैयौं घाइतेलाई उठाएर लैजाने काम भइरहेको छ ।

यस हमलामा कयौं व्यक्ति गम्भीर घाइते भएका छन् । रुसको रक्षा मन्त्रालयले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिएको कारण यो आक्रमणको जिम्मेवारी अमेरिका रहेको बताएको छ ।

रुसले चारवटा क्षेप्यास्त्र हावामा खसालेको तर पाँचौं क्षेप्यास्त्र विस्फोट हुँदा हताहत भएको बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *