छाउपडी प्रथाका विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय भएको छः गृहमन्त्री

डिसी नेपाल
१० असार २०८१ १६:५४
8
Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडी प्रथाका विषयमा अध्ययन गर्नका लागि समिति बनाउने निर्णय भएको बताएका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै गृहमन्त्री लामिछानले सोमबार नै छाउपडी प्रथाको विद्यमान अवस्थाको अध्ययन गरि प्रतिवेदन तयार गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिए।

उनले छाउपडी प्रथाको नियन्त्रण र अन्त्य गर्नका लािग समिति बनाइएको भन्दै समितिको प्रतिवेदनमा टेकेर आवश्यक नीतिगत कदम चालिने धारणा राखे।

त्यस्तै उनले अछाममा असार ४ गते १३ वर्षकी बालिका छाउगोठमा बलात्कृत भएको घटनाको अनुसन्धान भइरहेको र एकजनालाई पक्राउ गरिएको बताए। उहाले पिडित बालिकाको उपचार भइरहको पनि जानकारी दिए।

गृहमन्त्री लामिछानले निर्मला पन्तको हत्याको अनुसन्धान अझै पनि प्राथमिकतामा रहेको र अनुसन्धान भइरहेको बताए।

उनले महिला तथा बालबालिकामाथि हुने कुनै पनि हिंसामा शुन्य सहनशीलता कायम गरि कारबाही गर्न निर्देशन दिएको पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *