बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१३ असार २०८१ १८:४५
108
Shares

काठमाडौं। बोलिभियाको राजधानी ला पाजमा रहेको राष्ट्रपतिको दरबारमा सैनिकले आक्रमण गरेको केही घण्टापछि ‘कू’को प्रयास गर्ने नेतालाई प्रहरीले पक्राउ गरेको छ।

बख्तरबंद गाडी र सेनाले प्रमुख सरकारी भवनहरू रहेको मुरिलो स्क्वायरमा ‘कू’ गर्नका लागि तयारीका साथ पोजिसनमा बसेको समाचार छ। तर अहिले भने पछि हट्न थालेको बताइएको छ ।

विद्रोही सैन्य अधिकारी जनरल जुआन जोसे जुनिगाले आफुले लोकतन्त्रको पुनर्संरचना गर्न चाहेको बताएका छन्। तर उनी अहिले पक्राउ परेका छन्।

राष्ट्रपति लुइस आर्सेले ‘कू’ प्रयासको निन्दा गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा संगठित र परिचालन हुन आह्वान गरेका छन्। साथै उनले नयाँ सैन्य कमाण्डर नियुक्त गर्ने घोषणा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *