कविता : शान्तिको सन्देश

कबिन्द्र सिटौला
३० साउन २०८१ १०:२८
100
Shares

हामी खेल्ने र रमाइलो गर्ने बच्चा हौं
हामी हुर्कने र सिक्ने बच्चा हौं
हामीले कमाएको माया पाउने हामी सन्तान हौं
हामी हरेक मोडमा फरक पार्ने बच्चाहरू हौं ।

कृपया हामीलाई हानि नगर्नुहोस्
हामी ईश्वरीय सृष्टिका निर्दोष फूल हौं
हो, हामी बच्चाहरू धेरै निर्दोष छौं
बच्चाबिना कसरी मुस्कुराउन सकिन्छ ?
तपाईं कसरी सक्नुहुन्छ ? कसरी ?

हामी माया हौं… यसलाई जारी राख्नुहोस्…

नमस्ते विश्व !
हामीलाई बचाउनुहोस् र बालबालिकालाई रक्षा र्गनुहोस्
हो, हामीलाई बचाउनुहोस् र बालबालिकालाई रक्षा गरनुहोस्।

किनभने;

हामी आशा हौं, हामी सपना हौं
हामी इन्द्रेणी हौं, हामी रंग हौं
हामी सुरुवात हौं, हामी भविष्य हौं
हामी एउटै संसारमा बस्नको लागि एक परिवार हौं।

हामी माया हौं… यसलाई जारी राख्नुहोस्…

हामी गीत हौँ, संगीत हौं
हामी उज्यालो हौं, चम्कने तारा हौं
हामी निलो सागर हौं, निलो असिमीत आकाश हौं
हामी आनन्द हौं, हामी नै जीवनको उत्सव हौं।

हामी माया हौं… यसलाई जारी राख्नुहोस्…।

हामीलाई हाम्रो चेतनासँगै बाच्न दिनुहोस्
हामी कुनै पनि असम्भवका सम्भव हौं
हामी शान्ति हौं.. यसलाई जारी राख्नुहोस्
हामी प्रेम हौं … यसलाई जारी राख्नुहोस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *