सेनासँग वार्ताको ढोका बन्द गरेको इमरान खानको घोषणा

डिसी नेपाल
२६ भदौ २०८१ १३:०४
88
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले मंगलबार सेनासँग वार्ताको ढोका बन्द गरेको घोषणा गरेका छन् । उनले भने, ‘मैले सेनासँग वार्ताको ढोका पहिले कहिल्यै बन्द गरेको थिइन, तर आज बन्द गरिरहेको छु ।’

इमरान खानले भनेका छन्, ‘मैले मेरो पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफलाई सेनासँग अब वार्ता नगर्न निर्देशन दिएको छु किनभने उनीहरुले हामीलाई धोका दिएका छन् ।’

अदालतमा उपस्थित पत्रकार रिजवान काजीका अनुसार इमरान खानले भने – ‘सेनाले हामीलाई देशको लागि अगस्ट २२ को र्‍याली स्थगित गर्न अनुरोध गरेको थियो, तर हाम्रा मानिसहरू त्यसमा सहभागी हुन पहिले नै छाडेका थिए।”

सेनाले सेप्टेम्बर ८ तारिखको मिति तोकेको थियो र त्यसका लागि एनओसी पनि जारी गरिएको थियो, सेनाले हामीलाई धोका दियो । इमरान खानले सेप्टेम्बर २१ मा लाहोरमा र्‍याली गर्ने बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *