लेबनानमा पेजर र वाकीटकीमा भएको विस्फोटमा अहिलेसम्म ३२ जनाको मृत्यु

डिसी नेपाल
३ असोज २०८१ १२:३५
44
Shares

काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले सेप्टेम्बर १८ मा भएको श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको र ४५० जना घाइते भएको बताएको छ ।

यी शृंखलाबद्ध विस्फोटहरू वाकी-टकीमा भएका थिए। वाकी-टकी एक ताररहित मेसिन हो जुन सञ्चारको लागि प्रयोग गरिन्छ।

१७ सेप्टेम्बरमा पनि लेबनानका धेरै ठाउँमा पेजर विष्फोट भएको थियो । यी विस्फोटका कारण एक बालकसहित १२ जनाको मृत्यु भएको थियो ।

विष्फोट गराउने वाकी-टकी उपकरणहरू हिजबुल्लाहले प्रयोग गरिरहेको थियो। यी विस्फोटहरू लेबनानको राजधानी बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानमा भएका थिए।

हिजबुल्लाहले इजरायललाई यी विष्फोटको जिम्मेवारी दिएको छ । तर, हालसम्म इजरायलले लेबनानमा भएका दुवै विस्फोटमा कुनै प्रतिक्रिया दिएको छैन।

बिहीबार हिजबुल्लाह नेता हसन नसरल्लाहले आफ्ना लडाकुहरूलाई सम्बोधन गर्नेछन्। यसपछि हिज्बुल्लाहका थप योजनाहरू अनुमान गर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *