भागेर उत्तर कोरिया पुगेका अमेरिकी सैनिकलाई एक वर्षको जेल सजाय, सेनाबाट बर्खास्त
काठमाडौं । गत वर्ष अमेरिका फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ । योसँगै उनलाई सेनाबाट पनि निष्कासन गरिएको छ ।
जुलाई २०२३ मा, ट्राभिसलाई गैर-कमीशन अफिसरमाथि आक्रमण र सेना परित्याग गरेको आरोप लगाइएको थियो। तर उनको सेवा र राम्रो व्यवहारका कारण उनलाई रिहा गरिएको उनको वकिलले बीबीसीलाई बताए ।
टेक्सासको फोर्ट ब्लिसमा शुक्रबार भएको सुनुवाइका क्रममा उनीमाथि लागेका १४ आरोपमध्ये ५ मा दोषी ठहर भएको थियो भने अन्य आरोप खारेज गरिएको थियो ।
ट्राभिस किंग जनवरी २०२१ मा अमेरिकी सेनामा भर्ना भए। उनलाई युनिट रोटेशन अन्तर्गत दक्षिण कोरियामा तैनाथ गरिएको थियो, जहाँबाट उनी भागेर उत्तर कोरिया पुगेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment