बेरुतमा इजरायलको ‘सटीक आक्रमण’, एकै दिन ९५ जनाको मृत्यु

डिसी नेपाल
१५ असोज २०८१ १३:२९
32
Shares

काठमाडौं । इजरायली सेनाले गए राती दहियाहमा हिजबुल्लाहको पूर्वाधार सहित धेरै हतियार निर्माण स्थलहरूमा ‘सटीक आक्रमण’ गरेको पुष्टि गरेको छ। बेरुतको दक्षिणी उपनगर दहियाहलाई हिजबुल्लाहको गढ मानिन्छ।

इजरायली सेनाले भनेको छ, ‘आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षतिको जोखिम न्यूनीकरण गर्न धेरै कदम चालिएको थियो। यसमा सटीक हतियारहरू प्रयोग गरिएको थियो र हवाई निगरानी गरिएको क्षेत्रमा सर्वसाधारणलाई चेतावनी जारी गरिएको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबार लेबनानमा इजरायलको पछिल्लो हवाई हमलामा करिब ९५ जनाको मृत्यु भएको र १७२ जना घाइते भएको जनाएको छ ।

अधिकारीहरूका अनुसार लेबनानमा विगत दुई हप्तामा १ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *