प्रतिपक्षी दलहरुको बैठक बस्दै
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। प्रचण्डले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ९ बजे बस्ने गरि प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन्।
समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायतलाई छलफलमा बोलाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment