आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ?
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन्। फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार्वजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आज बुझाएका हुन्।
जसमा दिल्लीले कप्तान ऋषभ पन्त, कोलकत्ताले कप्तान श्रेयस अय्यर र लखनउले कप्तान केएल राहुललाई रिलिज गरेका छन्।
चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीसहित कप्तान रुतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुवे र श्रीलंकाका बलर माथीसा पाथिरानालाई रिटेन गरेको छ।
त्यस्तै डिफेन्डिङ च्याम्पियन कोलकोताले सुनिल नारन, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राना र वरुण चक्रवर्तीलाई रिटेन गरेको छ। कोलकोताले कप्तान श्रेयस अय्यरलाई रिलिज गरेको छ।
लखनउ सुपर जाइन्टले पनि कप्तान केएल राहुललाई रिलिज गरेको छ। लखनउले निकोलस पुरन, मयंक यादव, रवि विश्नोई, मोहसिन खान र आयुष बदोनीलाई रिटेन गरेको छ।
सनराइजर्स हैदरावादले हेइनरिक क्लासेन, पाट कमिन्स, अभिषेक शर्मा, ट्राभीस हेड र नितिश कुमार रेड्डीलाई रिटेन गरेको छ। त्यस्तै गुजरात टाइटन्सले कप्तान शुभमन गील, राशिद खान, साइ सुदर्सन, राहुल तेवटिया र शाहरुख खानलाई रिटेन गरेको छ।
राजस्थान रोयल्सले सन्जु सामसन, यशस्वी जैसवाल, रियान पराग, शिमरन हिटमेयर, ध्रुव जुरेल र सन्दीप शर्मालाई रिटेन गरेको छ।
दिल्ली क्यापिटल्सले कप्तान ऋषव पन्तलाई रिटेन गरेको छैन। दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टब्स र अभिषेक पोरेललाई रिटेन गरेको छ।
त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहली, रजत पाटीदार र बलर यश दयाललाई रिटेन गरेको छ। बैंगलुरुले कोहलीलाई कप्तान बनाउने बताइएको छ।
पञ्जाब किंग्सले शशांक सिंह र प्रभसिमरन सिंहलाई मात्र रिटेन गरेको छ।
त्यसैगरी मुम्बई इण्डियन्सले रोहित शर्मा, हार्दिक पाण्डेय, सुर्यकुमार यादव, जसप्रित बुमराह र तिलक बर्मालाई रिटेन गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment