सोसीयडाडसँग बार्सिलोना स्तब्ध

डिसी नेपाल
२६ कार्तिक २०८१ ७:३८
76
Shares

काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ।

गएराति सम्पन्न खेलमा बार्सिलोना रियल सोसीयडाडसँग १-० गोल अन्तरले पराजित भएको हो। रियल सोसियडाडको जितमा खेलको ३३औं मिनेटमा शेराल्डो बेकारले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यस सिजनको ला लिगामा बार्सिलोनाको यो दोस्रो हार हो। यो हारपछि बार्सिलोना १३ खेलमा ३३ अंकसहित शिर्ष स्थानमा कायम छ। त्यस्तै एक खेल कम खेलेको रियल म्याड्रिड १२ खेलमा २७ अंकसहित दोस्रो स्थानमा रहेको छ।

त्यसैगरि बार्सिलोनाविरुद्ध महत्वपूर्ण ३ अंक हासिल गरेको रियल सोसियडाडको भने १३ खेलमा १८ अंक भएको छ र लिगमा आठौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *