नाबीले च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट छोड्ने

डिसी नेपाल
२७ कार्तिक २०८१ २०:०४
28
Shares

काठमाडौं। अफगानिस्तानका अलराउन्डर मोहमद नाबीले एकदिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन्।

३९ बर्षिय अलराउण्डर नावीले २०२५ मा हुने आइसीसी च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट छोड्ने बताएका हुन्। बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेपछि नाबीले च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट नखेल्ने बताएका हुन्।

उनले भनेका छन्, ‘पछिल्लो पटक विश्वकपकै समयमा नै सन्यास बारे सोचेको थिएँ तर च्याम्पियन्स ट्रफीमा छनोट भएपछि सो प्रतियोगिता खेल्ने निर्णय गरेँ।’ नाबीले अफगानिस्तान क्रिकेट बोर्डलाई टी–२० क्रिकेट भने खेलिरहने जानकारी दिएको बताइएको छ।

नाबी अफगानिस्तानबाट सबैभन्दा बढी १६७ एकदिवसीय खेल्ने खेलाडी हुन्। उनले अफगानिस्तानले २००९ मा एकदिवसीय मान्यता पाएदेखि नै खेलिरहेका छन्।

नाबीले टेस्ट क्रिकेटबाट भने २०१९ मै सन्यास लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *