विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल

डिसी नेपाल
३० कार्तिक २०८१ ७:२०
292
Shares

काठमाडौं। दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट अन्तर्गत ब्राजिल बराबरीमा रोकिएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिएको हो।

खेलको ४३औं मिनेटमा राफिन्हाको गोलमा ब्राजिलले अग्रता हासिल गरेपनि खेलको ४६औ मिनेटमा टेलास्को सेगोभियाको गोलमा भेनेजुएलाले बराबरी गोल गरेका थिए।

यस खेलमा खेलको ८९औँ मिनेटमा अलेक्जण्डर गोन्जालेजले रातो कार्ड पाएका थिए।

यो बराबरीपछि ब्राजिलको ११ खेलमा १७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ। त्यस्तै भेनेजुएलाको ११ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा सातौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *