च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान जान नमानेपछि पीसीबी प्रमुखले के भने ?

डिसी नेपाल
१६ मंसिर २०८१ १३:४३
1.8k
Shares

काठमाडौं । च्याम्पियन्स ट्रफीमा सहभागी हुन भारतीय टोली पाकिस्तान नजाने भन्ने प्रश्नमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले क्रिकेटको जित सुनिश्चित गर्ने आफूहरूको प्रयास रहेको बताएका छन्।

दुबईमा सञ्चारमाध्यमसँग कुरा गर्दै नक्वीले भने , “हामीले केही विषयमा आफ्नो धारणा राखेका छौं, भारतीयहरूले पनि आफ्नो धारणा राखेका छन्। बोर्डहरू जित्ने प्रयासमा छन् र हामी पनि क्रिकेटको जित सुनिश्चित गर्न कोशिस गरिरहेका छौं, तर सबै कुरा सम्मानको साथ हुनुपर्छ।”

च्याम्पियन्स ट्रफीलाई हाइब्रिड ढाँचामा आयोजना गर्ने विकल्पको प्रश्नमा नक्वीले भने, “क्रिकेटका लागि जे पनि राम्रो हुन्छ हामी गर्नेछौं। पक्कै पनि यो हाइब्रिड फर्मुला होइन तर यदि कुनै फर्मुला बनाइयो भने त्यो समानताको आधारमा बनाइनेछ।”

बहिष्कारको प्रश्नमा पीसीबी प्रमुखले भने, “धेरै चीजहरू हुन सक्छन् तर हामीले क्रिकेटको लागि जित्नु पर्छ र पाकिस्तानको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पाकिस्तानको सम्मान हो, त्यसपछि अरू सबै कुरा छ। त्यसैले हामीले क्रिकेटको लागि जित्नु पर्छ।”

मोहसिन नक्वीले यदि यस मामिलामा कुनै समाधान हुन्छ भने, यो लामो समयको लागि हुने र केवल च्याम्पियन्स ट्रफीको लागि मात्र सीमित नहुने बताए । यो विषय आउने धेरै वर्षको लागि निर्णय हुने उनले बताए।

च्याम्पियन्स ट्रफी अर्को वर्ष पाकिस्तानमा हुने भएको छ, जसमा भारतीय टोलीको सहभागितामा अझै शंका छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *