कविता : मैले बाँचेको जीवन
कहिले हिराको हार जस्तो
कहिले चौबाटोको व्यापार जस्तो
कहिले खुसीको अपार जस्तो
कहिले निराशामा मझधार जस्तो
कहिले लाग्छ साह्रै महँगो कहिले सस्तो
मैले बाँचेको जीवन खै कस्तो-कस्तो
कहिले निल गगनमा पाँगुर काड्न खोज्छ
कहिले पुष्प महकतामा जीवन बाँड्न खोज्छ
कहिले हजारौं सपना सिरानीमा च्यापेर सुत्छ
कहिले लाखौं योजना बोकेर कुद्छ
कहिले लाग्छ साह्रै महँगो कहिले सस्तो
मैले बाँचेको जीवन खै कस्तो-कस्तो
छातिमा सपनाको खोलो बगिरहन्छ
दिमाग पनि खै कता-कता लगिरहन्छ
यो युवा जोस् हो थाक्दैन जागिरहन्छ
मनले पनि अनेकन चाहना राखिरहन्छ
कहिले लाग्छ साह्रै महँगो कहिले सस्तो
मैले बाँचेको जीवन खै कस्तो-कस्तो
(कवि भट्ट मोडलसमेत हुन्।)
No ads found for this position
प्रतिक्रिया


Facebook Comment