नेपालमा मंकीपक्स सङ्क्रमण पुनः देखियो

डिसी नेपाल
५ पुष २०८१ १८:५९
240
Shares

काठमाडौं मुलुकमा पुनः मंकीपक्स सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।

‘साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो’, उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ।’ निजको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ।

दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स सङ्क्रमणको देखिएको थियो। उनले मंकीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *