कविता : दार्जिलिङ
आफ्नो गोडामा ढुङ्गे बगैचा अड्याएर,
आफ्ना साथी संगी घुम, जोरबङ्गला र बतासियालाई अगाडि पठाएर,
छातीमा अनेको घर सजाएर,
टाउकोमा चौरास्ता राखेर,
ठेट नेपालीपनको आभाष दिँदै; बाहिरबाट आउने पाहुनालाई पहाडी सौन्दर्यको रस पियाई
मदहोश बनाएर
फेरि आउन आग्रह गर्दै,
स्वागत गर्न सधैं हँसिलो मुहार लिए तत्पर छिन्, पहाडकी रानी दार्जिलिङ।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment