इटालीको मिलानमा नेपाली पासपोर्ट बनाउन घुम्ती सेवा
मिलान। इटालीको मिलान शहरमा नेपाली पासपोर्ट बनाउन समस्या भएका नेपालीहरुका लागि घुम्ती सेवा सम्पन भएको छ। डिसेम्बर २८,२९ र ३० गरि तिन दिन सम्म चलेको सो घुम्ती सेवामा १ सय ३८ जना नेपालीको आवेदन संकलन गरिएको थियो।
विद्युतीय राहदानी (ई-पासपोर्ट) नविकरण तथा नयाँ बनाउनका लागि नेपाली राजदूतावास जेनेभाको घुम्ती टोली इटालिको मिलान शहरमा आएको थियो। नेपाल मितेरी मञ्च मिलानोको आयोजना र ब्यबस्थापन तथा गैर आवासीय नेपाली संघ इटालीको सहकार्यमा दुतावासको टोली इटालिको मिलान शहरमा आएको थियो।

नेपाल मितेरी मञ्च मिलानोले मिलान नजिकमा बस्दै आएका नेपालीहरुको समस्यालाई ध्यानमा राख्दै स्विट्जल्याण्डको जेनेभास्थित राजदूतवासको टोली मिलान शहर बोलाएको थियो। टोलीमा राजदूतावासका द्वितीय सचिव रोनाल्ड राई र गोविन्द नापित थिए।
टोलीले नेपालीहरुको सहजताका लागि मिलान शहरमै इनरोलमेन्ट सेन्टरको स्थापना गरी नेपालीको विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन संकलन गरेको नेपाल मितेरी मञ्च मिलानोका सचिव विजय रानाले डिसी नेपाललाई जानकारी दिए।
No ads found for this position




Facebook Comment