अमेरिकामा ठूलो संख्यामा संघीय कर्मचारी हटाउन ट्रम्प प्रशासनको आदेश

डिसी नेपाल
१५ फागुन २०८१ १३:३९
256
Shares

काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले संघीय एजेन्सीहरूलाई ठूलो मात्रामा कर्मचारीहरूलाई हटाउन आदेश दिएको छ । डोनाल्ड ट्रम्पले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि यी निर्देशन दिएका हुन्।

ट्रम्पको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रशासनिक खर्च घटाउन गठन गरिएको सरकारी दक्षता विभागका प्रमुख एलन मस्क पनि उपस्थित थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प प्रशासनले जारी गरेको नयाँ ज्ञापनपत्रमा संघीय कर्मचारीहरूको संख्या घटाउन मार्च १३ सम्ममा योजना बनाउनुपर्ने उल्लेख छ।

यद्यपि, संघीय कर्मचारीहरू पहिले नै लागत घटाउन गरिँदै गरेको छटनीबाट पीडित भइसकेका छन्। नयाँ निर्देशनमा अब कति कर्मचारी हटाइनेछ भन्ने कुरा उल्लेख गरिएको छैन।

ट्रम्पले बताएअनुसार मन्त्रिपरिषद्को बैठकमा वातावरण संरक्षण एजेन्सीका प्रशासक ली जेल्डिनले १५,००० कर्मचारीहरूमध्ये ६५ प्रतिशतलाई हटाउने वाचा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *