युक्रेनलाई सुरक्षा दिनु युरोपको हातमा छ, अमेरिका पनि सहभागी हुने ग्यारेन्टी छैन : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने कुरा युरोपको हातमा रहेको बताएका छन्। यसमा अमेरिका पनि सामेल हुनेछ भन्ने कुनै ग्यारेन्टी नभएको पनि उनले बताए ।
ट्रम्पले आफ्नो मन्त्रिपरिषद् बैठक र ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटअघि यो बयान दिएका हुन्।
अर्कोतर्फ, स्टारमरले भनेका छन् ‘अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनुपर्छ ताकि रुसलाई फेरि आक्रमण गर्नबाट रोक्न सकियोस्।’
ट्रम्पले यसअघि पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार ‘ठूलो सम्झौता’ मा हस्ताक्षर गर्न अमेरिका आउँदैछन् भनी बताएका थिए।
युक्रेन र संयुक्त राज्य अमेरिका खनिज सम्झौताका सर्तहरूमा सहमत भएका छन्। युक्रेनको राजधानी कीभका एक वरिष्ठ अधिकारीले बीबीसीलाई यो जानकारी दिएका छन्।
मिडिया रिपोर्टहरूले अमेरिकाले युक्रेनको खनिज पदार्थको प्रयोगबाट ५०० अर्ब डलर कमाउने आफ्नो प्रारम्भिक सर्त त्यागेको बताएका छन्।
तर सम्झौताको बदलामा अमेरिकाले युक्रेनलाई कुनै सुरक्षा ग्यारेन्टी दिएको छैन। यो सम्झौताको लागि युक्रेनको मुख्य सर्त थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment