ट्रम्प थप १० प्रतिशत कर लगाउने भनेपछि चीनले के भन्यो ?
काठमाडौं । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अर्को १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। अब चीनले यसमा प्रतिक्रिया जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थप कर लगाउँदा दुई देशबीचको वार्तामा गम्भीर असर पर्ने बताएका छन्।
उल्लेखनीय छ कि अमेरिकाले पहिले नै चीनबाट आउने सामानहरूमा शुल्क लगाइसकेको छ।
यसबाहेक, चीनको विदेश मन्त्रालयले पनि उइगर मुस्लिमहरूको बारेमा अमेरिकाको बयानलाई अस्वीकार गरेको छ।
अमेरिकाले चीनले उइगर मुस्लिमहरूमाथि नरसंहार गरिरहेको बताएको थियो। यसको जवाफमा चीनको विदेश मन्त्रालयले अमेरिकाको आरोप ‘शताब्दीको सबैभन्दा ठूलो झूट’ भएको बताएको छ।
चीनको विदेश मन्त्रालयले राजनीतिज्ञहरूले सिनजियाङको बारेमा “झूट फैलाउन बन्द गर्नुपर्छ” भनेको छ।
यसअघि बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानहरूमा थप १० प्रतिशत कर लगाउने बताएका थिए।
ट्रम्पको आदेशपछि चिनियाँ आयातमा पहिले नै १० प्रतिशत भन्सार लगाइएको छ।
ट्रम्पले बिहीबार भने कि उनी चीन र मेक्सिकोमा २५ प्रतिशतसम्मको भन्सार लगाउन सक्छन्। यी बढेका करहरू मार्च ४ बाट लागू हुन सक्छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment