कुलमान हटाएकोमा मैनबत्ति बालेर रविले गरे सरकारको विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको मैनबत्ति बालेर सांकेतिक विरोध गरेका छन्।
लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन्। उनले भिडियोमा कुनै प्रतिक्रिया भने दिएका छैनन्।
‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्,’ उनले भिडियोको क्याप्सनमा लेखेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्ले कुलमानलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। त्यस लगत्तै सरकारको चर्को विरोध हुन थालेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment