रुसको इस्टर युद्धविरामको पछाडि थियो ट्रम्पको दबाब

डिसी नेपाल
८ वैशाख २०८२ १६:०६
876
Shares

काठमाडौं । रुसले हालै ३० घण्टाको इस्टर युद्धविरामको घोषणा गरेको थियो, जुन अब समाप्त भएको छ। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि आएको हो।

यो घोषणा त्यस्तो समयमा गरिएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए – यदि रूस र युक्रेन चाँडै शान्ति सम्झौतामा पुगेनन् भने ट्रम्पले शान्ति सम्झौताको लागि प्रयास त्याग्नेछन्।

ट्रम्पले शुक्रबार भनेका थिए – यदि रूस र युक्रेनले चाँडै शान्ति सम्झौतामा पुग्न “धेरै गाह्रो” बनाए भने हामी शान्ति पहलबाट पछि हट्नेछौं।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले आइतबार पछि पनि इस्टर युद्धविराम जारी राख्न चाहेको बताएको थियो, तर त्यस्तो भएन।

रुस र युक्रेनले ३० घण्टा लामो इस्टर युद्धविरामको क्रममा एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।

यद्यपि ट्रम्प आफैंले यो युद्धविरामको बारेमा केही भनेनन्। तर आफ्नो सामाजिक सञ्जाल पोस्टमा उनले आशा व्यक्त गरेका छन् कि रूस र युक्रेन यस हप्ता सम्झौतामा पुग्न सक्छन् ताकि दुवैले अमेरिकासँग राम्रो व्यापार गर्न सकून्।

अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति बनेको २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने बताएका थिए।

त्यसबेलादेखि, ट्रम्पले शान्ति सम्झौतामा पुग्न नसकेकोमा दुवै पक्षलाई दोष दिँदै आएका छन्।

बीबीसी पत्रकार स्टिभ रोजेनबर्गको विश्वास छ कि रुसले युक्रेन होइन, शान्ति चाहन्छ भनेर देखाउन चाहन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *