कविता : मन

ईश्वर पोखरेल
१३ वैशाख २०८२ ७:३२
152
Shares

फेसबुक डिएक्टिभ गर्नु
म्यासेन्जर पनि
स्ट्राग्राम पनि
ट्वीटर पनि
टिकटक पनि
टेलेग्राम पनि
इमेल पनि डिएक्टिभ गर्नु पर्छ

फोन नबोकेपछि कुरै सकियो
रेडियो पनि नबोक्नु
नागरिकता पनि नबोक्नु
ड्राइभिङ लाइसेन्स पनि नबोक्नु
पेशागत संस्थाका परिचयपत्र पनि नबोक्नु
लेख्न मन लाग्ला
लेख्दा नेपालीमा लेखिएला
राष्ट्रियता खुल्न सक्छ
कलम पनि नबोक्नु
जात, धर्म र लिङ पनि नबोक्नु

यी सबैसँग सम्बन्धविच्छेद गरेर
एक यस्तो ठाउँमा जान मन छ
जहाँ पुगेपछि
नसुनियोस्-उट्पट्याङ र अड्बाङ्गे भाषण
नदेखियोस्- उन्मादी नेपाली नेताहरूको अनुहार
र, तिमीसंग बितून्- केही विषादीरहित दिनहरू

ठाउँ बुझी राख
मनमा नक्सा बनाई राख
हामी त्यही जानु पर्छ
र, पछि फर्किऔंला
कम्तीमा यी कहिल्यै वयस्क नहुने
बुढा नेताहरूले आफूलाई ‘बुढो’नठानुन्जेल
हामी त्यतै बस्नु पर्छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *