सन्दर्भ : मातातिर्थ औंशी

कविता : यसो गर्नु

सुरेश राई
१४ वैशाख २०८२ ८:१२
248
Shares

आमा हुनेहरुले आमालाई हेर्नु
आमा नहुनेले माटोलाई हेर्नु
माटोलाई हेर्दा बोट विरुवा देख्नु
बोट विरुवा हेर्दा अनाज देख्नु
अनाज हेर्दा पहिलो गाँस देख्नु
पहिलो गाँस देख्दा आमालाई देख्नु

आमा हुनेहरुले आमालाई हेर्नु
आमा नहुनेले किताबलाई हेर्नु
किताब हेर्दा अक्षरलाई देख्नूु
अक्षर हेर्दा शिक्षालाई देख्नु
शिक्षालाई हेर्दा शिक्षिका देख्नु
शिक्षिका देख्दा आमालाई देख्नु

आमा हुनेहरुले आमालाई हेर्नु
आमा नहुनेले जूनलाई हेर्नु
जूनलाई हेर्दा उज्यालो देख्नु
उज्यालो हेर्दा जस्केलो देख्नु
जस्केलो हेर्दा गाग्री बोकेर
भित्र छिरेको छायाँलाई देख्नु
त्यो छायाँ देख्दा तिम्रै छेउमा
मुस्कुराइरहेकी आमालाई देख्नु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *