रूस-युक्रेन युद्धमा लड्न आफ्ना सैनिक पठाएको उत्तर कोरियाद्वारा स्वीकार

डिसी नेपाल
१५ वैशाख २०८२ १०:५१
1.6k
Shares

काठमाडौं । उत्तर कोरियाले पहिलो पटक रुस-युक्रेन युद्धमा रुसको तर्फबाट लड्न आफ्नो सेना पठाएको पुष्टि गरेको छ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) को एक रिपोर्टमा यो जानकारी दिइएको छ।

समाचार एजेन्सीको रिपोर्ट अनुसार उत्तर कोरियाली सेनाले नेता किम जोङ उनको आदेशमा कुर्स्क सीमा क्षेत्रलाई “पूर्ण रूपमा मुक्त” गर्न आफ्ना सैनिकहरूले रूसी सेनालाई मद्दत गरेको दाबी गरिएको छ।

दक्षिण कोरिया र पश्चिमा देशका गुप्तचर निकायहरूले लामो समयदेखि उत्तर कोरियाले गत वर्ष कुर्स्कमा हजारौं सेना पठाएको दाबी गर्दै आएका छन्।

केसीएनएले सेना तैनाथ गर्ने निर्णय उत्तर कोरिया र रुसबीचको पारस्परिक रक्षा सन्धि अनुसार गरिएको बताएको छ।

हालै, रूसी चिफ अफ स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सैनिकहरूको “बहादुरी” को प्रशंसा गरे।

भ्यालेरी गेरासिमोभले पनि रूसले देशको पश्चिमी कुर्स्क क्षेत्रमा पूर्ण नियन्त्रण प्राप्त गरेको दाबी गरे, जबकि युक्रेनले यो दाबीलाई अस्वीकार गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *