चुनाब जितेपछि क्यानडाका प्रधानमन्त्री ट्रम्पप्रति आक्रामक

डिसी नेपाल
१६ वैशाख २०८२ १३:३३
5.8k
Shares

काठमाडौं । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ। यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए।

प्रधानमन्त्री कार्नीले भने: “राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिका हामीमाथि प्रभुत्व जमाउन सकोस् – त्यो कहिल्यै हुनेछैन।”

उनले भने, “अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ। हामीले अमेरिकी विश्वासघातको आघात पार गरिसकेका छौं, हामीले एकअर्काको ख्याल राख्नुपर्छ।”

ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहेका छन् र क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने कुरा पनि गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *