नेपालमा ठूला गुप्तचर अपरेशन गरेका रअ प्रमुख मोदीको सुरक्षा सल्लाहकार बोर्डको अध्यक्ष नियुक्त

डिसी नेपाल
१७ वैशाख २०८२ १३:५२
4.8k
Shares

काठमाडौं । भारतको मोदी सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा व्यापक परिवर्तन गरेको छ। भारतको गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग (रअ) का पूर्वप्रमुख आलोक जोशीलाई बोर्डको नयाँ अध्यक्षको रूपमा नियुक्त गरिएको छ।

आलोक जोशीले सुरक्षा र गुप्तचर क्षेत्रमा धेरै काम गरेका छन् । उनले २०१२ देखि २०१४ सम्म रअको प्रमुख र २०१५ देखि २०१८ सम्म अर्को गुप्तचर एजेन्सी नेशनल टेक्निकल रिसर्च अर्गनाइजेसन (एनटीआरओ)को अध्यक्षको रूपमा काम गरेका थिए। जोशीले विशेष गरी नेपाल र पाकिस्तानमा गुप्तचर अपरेशनमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

उनी रअ प्रमुख हुँदा नेपालमा दलविहीन सरकार थियो । प्रधानन्यायाधीशको नेतृत्वको त्यो सरकारले चुनाब गराएर सत्ता हस्तान्तरण गरेको थियो । नेपालमा दलविहीन सरकारले गराएको चुनाबमा भारतले प्रत्यक्ष हस्तक्षेप गरेको दाबी गरिएको थियो जसमा जोशीको प्रमुख भूमिका थियो ।

भारतले नेपालको संविधान निर्मान प्रक्रियामा पनि व्यापक हस्तक्षेपकारी काम गरेको बताइन्छ । नेपालले भारतको दबाबका बीच भारतका मागलाई बेवास्ता गर्दै संविधान जारी गर्ने बेला भने उनी रअ प्रमुखको कार्यकाल पूरा गरेर एनटीआरओ गइसकेका थिए । यद्यपी त्यहाँबाट पनि उनको अपरेशन भने जारी रहेको दाबी गरिन्छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा अब विभिन्न क्षेत्रका विज्ञहरू सहित सात सदस्यहरू हुनेछन्। बोर्डमा सैन्य पृष्ठभूमिका तीन सेवानिवृत्त अधिकारी, दुई सेवानिवृत्त भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारी र एक सेवानिवृत्त भारतीय विदेश सेवा (आईएफएस) अधिकारी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *