लघुकथा : छल
-“हैन, के गरेर बसेकी? काम केही सघाउनु छैन? दिनभरि सुत्यो कि गफ गरेर बस्यो?” बुढाले हकारे।
त्यस्तो मिलनसार र मायालु बुढा अचानक परिवर्तन भाएको देखेर उनलाई अचम्म लाग्यो। सोचिन्।
-“कतै मैले नै केही बिराएकी? घरको सारा आर्थिकभार छ, काम छैन, आम्दानी छैन, तनावले होला।”
केही बेरपछि बुढा उरन्ठ्याउलो पारामा देखिए। जिस्किँदै भने।
-“हेर बुढी। मैले अमेरिका जाने कागजपत्र तयार गर्दैछु। त्यसमा तेरो पनि दस्तखत चाहिन्छ, गर् है।”
बुढीले मक्ख पर्दै भनिन्।
-” जाबो दस्तखत। तपाईंले भनेपछि के गर्दिनँ होला र?”
बुढाको अनुहार हँसिलो भयो। त्यो देखेर बुढी खुसीले गदगद भइन्। बुढाले सबै कागजपत्र ल्याए। बुढाले जहाँ जहाँ भने त्यहीँ त्यहाँ उनले केही नबोली दस्तखत गरिन्।
बुढाले भने, “म त जाने भएँ, तँ एक्लै पर्ने भइस्।”
अचम्मित पारामा उनले भनिन् , “के को कागतपत्रमा मलाई दस्तखत गराको हो?”
“डिभोर्सको। म अर्कीसँग कोर्टम्यारिज गरेर अमेरिका जाँदैछु।”
गैंडाकोट ४ नवलपुर
No ads found for this position


Facebook Comment