अमेरिकाको कूल गार्हस्थ उत्पादनमा गिरावट

डिसी नेपाल
१८ वैशाख २०८२ १०:४०
260
Shares

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्रको अवस्था कस्तो रह्यो ? यसको रिपोर्ट आएको छ।

अमेरिकी आर्थिक विश्लेषण ब्यूरोको प्रारम्भिक तथ्याङ्क अनुसार पहिलो त्रैमासिक अर्थात् जनवरी-मार्चमा अमेरिकी अर्थतन्त्र ०.३ प्रतिशतले घटेको छ।

अमेरिकी वाणिज्य विभागले २०२४ को अक्टोबर-डिसेम्बर त्रैमासिकमा अमेरिकी जीडीपी २.४ प्रतिशतको दरले बढिरहेको बताएको थियो, तर अर्को त्रैमासिकमा भने यो घटेको छ।

यो गिरावट धेरै उल्लेखनीय नभए पनि राष्ट्रपति ट्रम्पले ट्यारिफ घोषणा गरेको तरिकाले यसमा प्रभाव पारेको विश्लेषकहरू विश्वास गर्छन्। सरकारी खर्चमा आएको कमीले पनि प्रभाव देखाएको छ।

ट्रम्पको घोषणा कार्यान्वयन हुनुभन्दा पहिले नै अमेरिकी कम्पनीहरूले आयात बढाए, सायद यही नै यस त्रैमासिकमा आयात ४० प्रतिशतले बढ्नुको मुख्य कारण थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *