आर्थिक वर्षको नीति पास भयो, फस्ट डिभिजनमा आएन : बाबुराम भट्टराई

डिसी नेपाल
१९ वैशाख २०८२ १९:१६
232
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनताको जिवनमा प्रभाव पार्ने खालको नभएको बताएका छन्।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो नीति सामान्य रुपमा पास भएको प्रथम श्रेणीमा नपरेको बताएका हुन्।

उनले भने, ‘सुशासनको क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरुलाई बलियो बनाउछौँ र सुधार गर्छौँ भन्न सक्नुपथ्र्यो त्यो नभन्दा त्यसलाई निरन्तरता जस्तो भयो। यो सामान्यरुपमा पास त भयो तर फस्ट डिभिजनमा आएन। जनताको जिवनमा प्रभाव पार्ने, जो मान्छेले अपेक्षा गरेको छ त्यो चै आएन। त्यो हुनुमा उहाँहरुको दृष्टिकोणमा समस्या पर्यो।’

उनले नेपाल कृषि प्रधान देश भएकाले १० वटा कुरा गर्नुको साटो वैज्ञानिक भूमि सुधार गर्नेछाँै भन्नुपर्ने बताए।

‘नेपाल अहिले पनि कृषि प्रधान देश हो। वैज्ञानिक भूमि सुधार भनेर हाम्रो संविधानमा उल्लेख छ, त्यसलाई १० वटा कुरा गर्नु साटो वैज्ञानिक भूमि सुधार गर्नेछाँै भने हुन्छ यसले आशा पनि जगाउँछ,’ उनले भने।

उनले देशको आर्थिक विकास क्रमिक भईरहेको भन्दै २ अंकको वृद्धिदर नघटेको बताए। उनले आर्थिक वृद्धिदर थप हुने गरी आर्थिक नीति नबनेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *